संसद् भवन अगाडि गोली लागेर चार जना घाइते

उनीहरुलाई सिभिल अस्पतालमा लगेर उपचार गरिँदै छ ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Four people were injured in a shooting in front of the parliament building

काठमाडौँ — काठमाडौंको बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर चार जना प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरुलाई सिभिल अस्पतालमा लगेर उपचार गरिँदै छ ।

प्रहरीले संसद् भवन क्षेत्रलाई नियन्त्रणमा लिईसकेपछि दोस्रोपटक संसद् भवन अगाडि पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको हो ।

अहिले प्रदर्शनकारी पश्चिममा बानेश्वर क्षेत्र र पूर्वमा मिनभवन क्याम्पस नजिक रहेका छन् ।

हाल संसद् भवन अगाडिको क्षेत्र प्रहरीको नियन्त्रणमा छ ।

कान्तिपुर संवाददाता

Link copied successfully