माइतीघर, पुरानो बानेश्वर, तीनकुतेतर्फबाट संसद् भवनतर्फ आउने क्रम जारी छ ।
काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जी बानेश्वरकेन्द्रित हुन थालेका छन् ।
माइतीघर, पुरानो बानेश्वर, तीनकुतेतर्फबाट संसद् भवनतर्फ आउने क्रम जारी छ ।
प्रदर्शनकारी संसद् भवन छिरेपछि ठूलो संख्यामा प्रहरी भवनभित्र पसेर सुरक्षा गरिरहेको छ । प्रहरीहरु भवनभित्र र प्रदर्शनकारी भवन बाहिर चारैतर्फ देखिएका छन् । केही प्रदर्शनकारी संसद् भवनको पर्खाल चढेर माथि उक्लिएका थिए ।