राष्ट्रपति, प्रधानमन्त्री निवासबाहिर सेना तैनाथ 

सेनालाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसद् भवन, सिंहदरबार लगायत महत्वपूर्ण संरचना तथा प्रतिष्ठानको सुरक्षामा परिचालन गरिएको हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Army deployed outside the President, Prime Minister residence

काठमाडौँ — सरकारले काठमाडौंका सरकारी तथा सार्वजनिक संरचना सुरक्षार्थ सेना परिचालन गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयका आधारमा नेपाली सेनालाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसद् भवन, सिंहदरबार लगायत महत्वपूर्ण संरचना तथा प्रतिष्ठानको सुरक्षामा परिचालन गरिएको हो । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सेनालाई तोकिएका विभिन्न स्थानको सुरक्षार्थ परिचालन गरिएको बताए ।

जेन-जीको प्रदर्शन र प्रहरीबीच झडप हुन थालेपछि काठमाडौं प्रशासनले सोमबार राति १० बजेसम्मका लागि माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपास र राष्ट्रपति निवास परिसर लगायत अतिसंवेदनशील क्षेत्रमा  कर्फ्यु लगाइसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully