जेन–जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्वता

कुलमानले जेन–जी पुस्ताले भोलि (सोमबार) निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्वता व्यक्त गर्दछौं भन्दै सामाजिक संजालमा लेखेका छन् ।

भाद्र २२, २०८२

होम कार्की

Kulman Ghising's solidarity with Zen-G's performance

काठमाडौँ — उज्यालो नेपाल अभियानका नेतृत्व गरेका कुलमान घिसिङले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सोमबार गर्ने भनिएको जेन–जीको प्रदर्शनप्रति ऐक्यबद्वता जनाएका छन् ।

घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले भर्खरै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेन–जी पुस्ताले भोलि (सोमबार) निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्वता व्यक्त गर्दछौं ।’ 

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र सरकार भ्रष्टचारमा डुबेको भन्दै जेन–जी पुस्ताले सोमबार बिहान ९ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully