अजरबैजान जान जारी श्रम स्वीकृतिको छानबिन गर्न समिति गठन

श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरको निर्णय गर्दै वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

A committee was formed to investigate the work permits issued to go to Azerbaijan

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अजरबैजान देशका लागि काम गर्न दिइएको श्रम स्वीकृतिको छानबिन गर्न समिति बनाएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरको निर्णय गर्दै वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । जसमा सदस्यद्वय विभागका निर्देशक गिरिराज ज्ञवाली र श्रम मन्त्रालयका उपसचिव शारदा भण्डारी रहेका छन् ।

बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट जारी गरिएको श्रम स्वीकृति लिएर महिलालाई घरेलु श्रमको लागि युएई र कुवेत पठाउने गरेको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।   

मन्त्रालयले समितिलाई १५ दिनभित्र छानबिन गरी कारबाहीसहितको प्रतिवेदन पेस गर्ने निर्देशन दिएको छ । यसको जानकारी प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईसमेत जानकारी दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully