मन्त्री मगर चढेको गाडीले बालिकालाई ठक्कर दिए पनि नरोकिई अगाडि बढेको थियो ।
काठमाडौँ — कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।
शनिबार बिहान मन्त्री मगर गोदावरीमा जारी एमालेको विधान अधिवेशनका लागि त्यसतर्फ जाने क्रममा ललितपुरको हरिसिद्धि दुर्घटना भएको हो ।
बिहान ७ बजेतिर मगरको गाडीले ११ वर्षीया बालिका उषा सुनारलाई ठक्कर दिएको थियो । तर, उनी चढेको को १ झ ६९९ नम्बरको गाडी नरोकिई अगाडि बढेपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेका थिए ।
घाइते बालिकाको उपचारपछि डिस्चार्ज भएको र वार्तापछि सडक खुलेको जिल्ला प्रहरी परिसर, ललितपुर प्र वरीष्ठ उपरीक्षक श्याम अधिकारीले बताए ।
बालिकाको परिवार डेरा गरी बस्दै आएको छ । उनकी आमा वैदेशिक रोजगारीमा छिन् ।
