भारतका प्रधानन्यायाधीश गवई बुद्ध जन्मस्थल लुम्बिनीमा

लुम्बिनीस्थित मायादेवी मन्दिरमा बौद्ध परम्पराअनुसार भिक्षु लामाको पाठसहित उनले पूजाआजा गरेका थिए ।

भाद्र २१, २०८२

मनोज पौडेल

At Lumbini, the birthplace of Gavai Buddha, the Chief Justice of India

लुम्बिनी — भारतीय सर्वोच्च अदालतका प्रधानन्यायधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 

लुम्बिनीस्थित मायादेवी मन्दिरमा बौद्ध परम्पराअनुसार भिक्षु लामाको पाठसहित उनले पूजाआजा गरेका थिए । आफू भारतको प्रथम बौद्धिष्ट प्रधानन्यायधीश भएकाले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहना रहेको त्यो पूरा हुँदा खुसी भएको उनले बताए ।

लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामाले लुम्बिनी गुरुयोजना, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वबारे जानकारी गराएका थिए । प्रधानन्याधीशले गवईले विश्व शान्ति, मानव कल्याण र नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै द्वीप प्रज्वलनसमेत गरे ।

At Lumbini, the birthplace of Gavai Buddha, the Chief Justice of India

उनी काठमाडौंमा आयोजित दुई दिने नेपाल-इन्डिया जुडिसियल डायलमा सहभागी हुन आएका थिए । शनिबार लुम्बिनी आएर काठमाडौं फर्किएका छन् ।

प्रधानन्यायधीश गवईलाई कोषका उपाध्यक्ष ल्हारक्याल लामा र सदस्य–सचिव सानुराजा शाक्यसहित कोषका अधिकारीले स्वागत गरेका थिए । गवाईलाई उपाध्यक्ष डा. लामाले बुद्धको मूर्ति उपहार प्रदान गरेका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा नेपाल आएका गवई भारतका ५२ औं प्रधानन्याधीश हुन् । 

At Lumbini, the birthplace of Gavai Buddha, the Chief Justice of India

मनोज पौडेल

Link copied successfully