सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

समितिको सभापति पदका लागि कांग्रेसको सिफारिसमारामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Parliamentary hearing committee meeting to elect the chairman

काठमाडौँ — संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५:१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

समितिको सभापति पदका लागि कांग्रेसको सिफारिसमारामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् । समिति सभापतिमा प्रतिपक्षी दलहरूले उम्मेदवारी नदिने भएका छन् ।

समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully