माओवादीले नेकपा र एकीकृत समाजवादीसँग एकता प्रक्रिया अघि बढाउने तयारी

नेकपासँग छिट्टै एकता गर्ने निर्णय नै भइसकेको छ । अब एकीकृत समाजवादीसँग पनि एकताबारे कुरा गर्नुपर्छ । -अध्यक्ष दाहाल

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

The Maoists are ready to proceed with the process of unity with the CPN and the Unified Socialists

काठमाडौँ — माओवादीले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नेकपा एकीकृत समाजवादीसँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको केन्द्रीय सचिवालय बैठकमा नेकपा र एकीकृत समाजवादीसँग छिट्टै एकता प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

पछिल्लो स्थायी समितिले नेकपासँग एकता गर्ने र समाजवादीसँग छलफल गर्ने निर्णय गरेको थियो । ‘नेकपासँग छिट्टै एकता गर्ने निर्णय नै भइसकेको छ । अब एकीकृत समाजवादीसँग पनि एकताबारे कुरा गर्नुपर्छ,’ दाहालको भनाइ थियो ।

नेकपाको भदौ अन्तिम साता हुने केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गर्ने भएकाले त्यसपछि यो प्रक्रियाले गति लिने माओवादीको निष्कर्ष छ ।

कान्तिपुर

Link copied successfully