काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा रहेको जग्गामा किरियापुत्री भवन निर्माण गर्ने गरी आईजीपी खापुङले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौँ — प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बहालवाला र अवकाश प्राप्त कर्मचारी तथा उनीहरुका परिवारको निधन भएमा नि:शुल्क किरियापुत्री भवन प्रयोग गर्न पाउने गरी भौतिक संरचना निर्माण गर्ने निर्णय गरेका छन् ।
काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा रहेको जग्गामा किरियापुत्री भवन निर्माण गर्ने गरी आईजीपी खापुङले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले निर्णयलाई पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बाट अनुमोदन गराएका हुन् ।
खापुङले बिहीबार नै आईजीपीको पदभार सम्हालेका थिए।
