अमेरिकाबाट डिपोर्ट भएका १९ नेपाली काठमाडौं आइपुगे

चार्टर विमानबाट ३७ जनालाई बुधबार नै ल्याउने भनिए पनि प्राविधिक कारण देखाएर बाँकी १८ जनालाई पछि फिर्ता पठाउने तयारी रहेको जनाइएको छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

19 Nepalis who were deported from America arrived in Kathmandu

काठमाडौँ — अमेरिकाबाट डिपोर्ट भएका २ महिलासहित १९ जना काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर विमान गरेर डिपोर्ट भएकाहरुलाई केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई जिम्मा लगाएको हो ।

चार्टर विमानबाट ३७ जनालाई बुधबार नै ल्याउने भनिए  पनि प्राविधिक कारण देखाएर बाँकी १८ जनालाई पछि फिर्ता पठाउने तयारी रहेको जनाइएको छ ।  

डिपोर्ट भएर आएका १९ जनालाई भने अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ । 

ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले यस विषयमा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ भइरहेको बताए । 

अमेरिकाले बिहीबार आइपुगेकासहित सन् २०२५ को जनवरी २२ तारिखपछि २ सय ३४ जना नेपालीलाई निस्कासन गरेको हो । डोनाल्ड ट्रम दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा आएपछि नेपालसहित विभिन्न देशबाट गएका वैध कागजातविहीन आप्रवासीहरुलाई अमेरिकाले धमाधम निस्कासन गरिरहेको छ ।      

19 Nepalis who were deported from America arrived in Kathmandu

 तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

कान्तिपुर

Link copied successfully