आवाज दुरुपयोग गरेको भन्दै रास्वपा सांसद वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

बुधबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा पुगेर उनले उजुरी दिएका हुन् । वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका छन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

RSP MP Wagle filed a complaint with the Cyber ​​Bureau for misusing his voice

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति तथा सासंद स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा ‘डीप फेक भिडियो’ बनाएर पोस्ट गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

बुधबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा पुगेर उनले उजुरी दिएका हुन् । वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका छन् ।

ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको कान्तिपुरलाई बताए । नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडियो र टेक्स्ट सामग्री अहिले सामाजिक सञ्जालमा देखिन्छ । जुन अडियोमा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् ।  साइबर ब्युरोमा उजुरी दर्तापछि उलने अमित मगर भन्ने पात्र एमाले नुवाकोट जिल्लाका नेता र अर्का कमल पाठक भन्ने चितवनका नेता रहेको पनि बताएका छन् । आफूहरूविरुद्ध राजनीतिकरुपमा संगठित प्रहार भएको वाग्लेको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully