सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने उपसचिव बेश्रा 

नियुक्ति पाउनेमा लोपोन्मुख सतार (सन्थाल) जातिबाट विश्वदिप बेश्रा पनि अटाए । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत छन् ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Deputy Secretary Beshra became the first judge from Santhal community

काठमाडौँ — न्याय परिषद्‍ले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय गर्‍यो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्‍को बैठकले न्याय समूहबाट चार, कानुन र सरकारी वकिल एक जनाले नियुक्ति पाए ।

यसरी नियुक्ति पाउनेमा लोपोन्मुख सतार (सन्थाल) जातिबाट विश्वदिप बेश्रा पनि अटाए । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत छन् । 

उनले नियुक्ति पाएलगत्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले खुसी व्यक्त गरे । ‘जिल्ला न्यायाधीशमा योग्यता पुगेका जोसुकै नियुक्त हुन सक्छ्न् त्यो त्यति खुसी साट्नु पर्ने विषय होइन, तर विश्वदिप बेश्राले नेपालको न्यायिक इतिहासमा नयाँ इँटा थप्नु भयो । अत्यन्त लोपोन्मुख सतार (सन्थाल) जातिबाट पहिलो सरकारी अधिकृत हुँदै आज जिल्ला न्यायाधीश हुन सफल हुनु भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको कठिन बाल्यकाल, त्यो समुदायप्रतिको सामाजिक कुसंस्कार र सारा दबित आवाजको बाबजुद यो चानचुने उपलब्धि होइन । न्यायको शाख श्रीवृद्धिमा तपाईंको योगदान अतुलनीय हुनेछ ।’ 

न्याय परिषद्‌को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर/ उपरजिष्ट्रार अनुपमा पन्त धनुषालाई रौतहट जिल्ला अदालतमा नियुक्ति गर्दै पदस्थापना समेत गरेको थियो ।

कान्तिपुर

Link copied successfully