सत्याग्रह तोडेलगत्तै डा. केसी अस्पताल भर्ना

डा. केसीलाई रिँगटा लाग्ने र मांसपेशी बाउँडिने समस्याले गेटा अस्पतालमा भर्ना गरिएको छ। केही दिन अस्पतालमै उपचार हुनेछ।

भाद्र १७, २०८२

अर्जुन शाह

After breaking the Satyagraha Dr. Casey Hospitalization

धनगढी — तीन दिनअघि सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रेपछि मंगलबार दिउँसो उनले सत्याग्रह तोडेका छन् । ग्लुकोजको मात्रा २७ मा झरेपछि चिकित्सकले सत्याग्रह तोड्न आग्रह गरेका थिए ।

अहिले गेटा अस्पतालमा भर्ना गरिएको उनका सहयोगी डा. अमृत जैशीले बताए । केही दिन अस्पतालमै राखेर उपचार गर्ने तयारी रहेको जैशीले बताए ।

उनका अनुसार डा. केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चालमा गडबडीजस्ता समस्या देखिएका छन् । गेटा अस्पतालमा उपचार गर्न आएका कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस पिएर उनले आफ्नो २३ औँ सत्याग्रह तोडेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully