प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियोे ।

भाद्र १६, २०८२

रासस

Meeting between Prime Minister Oli and the President of Laos

तियानजिन (चीन) — सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियोे । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नेछन् ।

रासस

Link copied successfully