सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित

झाले दुई हजार २५१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गरे।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Engineer Jha was elected as the president of Sydney

काठमाडौँ — नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित भएका छन्। 

सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गरे। 

यस्तै, उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा कृष्णराज पाठकले जानकारी दिए। 

यसैगरी सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे, आयुष्मान अधिकारी, ज्ञानेन्द्रकुमार त्रिपाठी, दीपा पौडेल, अङ्कित शर्मा, सोना सुकुभटु, लक्ष्मी पाण्डे, प्रेरणा ओली, मानस वस्ती, समीप केसी, इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा पाठकले बताए। 

सिडेनको आठौँ कार्यकारिणी समितिको निर्वाचनमा देशभरबाट तीन हजार ८८४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरे।

कान्तिपुर संवाददाता

Link copied successfully