अटो दुर्घटनामा चालकसहित पाँच जना परेकामा अझै दुई महिला बेपत्ता छन् भने एक जना घाइते भएका छन्। चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
दार्चुला — दार्चुलामा अटो दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ । सोमबार नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए।
सोही अटोमा सवार दुई जना महिला बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताइएको छ । दुर्घटनामा परेको अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ । अटो चालक मनीराम भुलका १७ वर्षीय छोरा आयुष भुल घाइते भएका छन् ।
उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् ।
