अब दश दिनपछि युरिया मल सहज रूपमा उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

मन्त्री अधिकारीले कोलाकाताबाट आयात गरिएको मल साता-दशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए।

भाद्र १५, २०८२

रासस

Now after ten days, urea fertilizer is easily available: Agriculture Minister Adhikari

कपिलवस्तु — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता-दशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए।

अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे। मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए। 'मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण  आर्थिक क्षति  बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ,' उनले भने। 

कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई  मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए। 

रासस

Link copied successfully