चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई भेटेका हुन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and Modi in China

काठमाडौँ — चीनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेट भएको छ ।सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका ओलीले आइतबार मोदीलाई भेटेका हुन् ।

मोदीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ओलीसँग भेट भएको तस्बिर सार्वजिनक गरेका छन् ।

उनले तियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन् । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।

कान्तिपुर

Link copied successfully