प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

प्रधानमन्त्री ओली २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका छन्, जहाँ उनलाई उच्च अधिकारीहरूले स्वागत गरेका छन्।

भाद्र १४, २०८२

रासस

Prime Minister Oli in China, meeting with President Xi today

काठमाडौँ — थियानजिन, चीन १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ आइपुगेका छन् ।

राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुगेका हुन् । उनलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन् ।

आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

रासस

Link copied successfully