कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा प्रस्थान गरेपछि दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Prakashman Singh has the responsibility of Acting Prime Minister

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully