प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन चीनको यात्रा गरेका छन्, जहाँ तियानजिन सहरमा बैठक हुँदैछ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Oli and Chinese President

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार तियानजिनको अतिथि गृहमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली शनिबार बिहान चीनका लागि प्रस्थान गरेका थिए । तियानजिन सहरमा सांघाई सहयोग संगठन (एससीओ) को बैठक हुँदैछ । एससीओ सम्मेलनमै सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा ओली गएका हुन् ।

तियानजिनमा ओर्लिएको केहीबेरमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको हो । स्थानीय समय अनुसार अपराह्न ३ बजेर १५ मिनेटमा ओली तियानजिनको बिनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

Meeting between Prime Minister Oli and Chinese President

Meeting between Prime Minister Oli and Chinese President

तस्बिरहरू : प्रधानमन्त्रीको निजी सचिवालय

कान्तिपुर

Link copied successfully