बुटवल — लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।
एमालेको समानुपातिकबाट रूकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।