५ किलो चरेससहित पक्राउ परे होटल सञ्चालक

धनगढी–२ स्थित जयराम होटल एन्ड लज रेस्टुराँका सञ्चालक पक्राउ परेका हुन् ।

भाद्र १४, २०८२

रासस

Hotel owner arrested with 5 kg hashish

कैलाली — धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेससहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एन्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहराको होटलमा शंक लागि जाँच गर्दा चरेस फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो ।

रासस

Link copied successfully