भूमि विधेयक फिर्ताको माग गर्दै शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले कीर्तिपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौँ — कीर्तिपुरबाट जसपा नेपालका तीन जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनिषकुमार यादव, विद्यार्थीका केन्द्रीय सदस्यहरु विपिनकुमार यादव र सुभाष यादव छन् ।
भूमि विधेयक फिर्ताको माग गर्दै शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले कीर्तिपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि प्रहरीले सार्वजनिक आरोपको मुद्दा चलाउने तयारी गरेको स्रोतले बतायो ।
