जिल्ला न्यायाधीश ध्रुवराज उप्रेतीको इजलासले विद्युतीय कारोबार कसुरमा पाँडेलाई शुक्रबार धरौटी निर्धारण गरेको थियो ।
काठमाडौँ — जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेसँग २० हजार धरौटी मागेको छ । जिल्ला न्यायाधीश ध्रुवराज उप्रेतीको इजलासले विद्युतीय कारोबार कसुरमा पाँडेलाई शुक्रबार धरौटी निर्धारण गरेको थियो ।
अदालतले मागेको धरौटी बुझाएर उनी आजै रिहा हुने तयारीमा छन् । इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या गरेको आरोपपछि साइबर ब्युरो पुगेका पाँडेलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐन, २०६३ को दफा ४७ (१) अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता भएको थियो ।
