प्रधानमन्त्री ओली शनिबार चीन जाँदै
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे चीन भ्रमणका विषयमा प्रतिनिधिसभालाई जानकारी दिने भएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले शुक्रबारको बैठकमा चीन भ्रमणबारे जानकारी दिने बताएका हुन् ।
सभामुख घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा प्रधानमन्त्रीले शुक्रबार संसद्मा चीन भ्रमणबारे जानकारी दिने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई शुक्रबार जानकारी गराउने कार्यसूची रहेको बताए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, 'भोलीको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि कार्यतालिका रहेको छ ।'
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन् ।
