एमालेका केन्द्रीय सदस्य महर सामाजिक सञ्जालबाट चरित्र हत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका थिए ।
काठमाडौँ — सत्तारुढ एमालेका नेता ऐन महर हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बयानपछि हाजिरी जमानीमा रिहा गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहिर काफ्लेले जानकारी दिए । एमालेका केन्द्रीय सदस्य महर सामाजिक सञ्जालबाट चरित्र हत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका थिए ।
विद्युतीय अपराधको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
बुधबार साइबर ब्युरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं ल्याइएको थियो । जिल्ला अदालतपछि सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो । उनीविरुद्ध बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी जाहेरी दिएकी थिइन् ।
