नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो ।
उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहाँ उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो ।
पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।
पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।
