अनलाइन जुवा र बेटिङमा सर्वोच्चले कारण देखाउ आदेशसहित लिखित जवाफ माग्यो 

कानुनका विद्यार्थीहरू सुवासप्रसाद साह, निशा यादव र आरतीकुमारी यादवले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश गरेको हो ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

On Online Gambling and Betting, the Supreme Court sought a written reply along with a show cause order

काठमाडौँ — सर्वोच्च अदालतले अनलाइनबाट हुने जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थीहरू सुवासप्रसाद साह, निशा यादव र आरतीकुमारी यादवले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यस्तो आदेश गरेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले निर्बाध रूपमा अनलाइन बेटिङ सञ्चालन हुनुको कारण पेस गर्न सरकारका नाममा आदेश दिएको हो ।

कान्तिपुर

Link copied successfully