राज्यव्यवस्था तथा सुशासन समितिको सभापति न्याैपानेलाई बनाउने कांग्रेसकाे निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेकाे पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हाे ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

The decision of the Congress to make Nyipane the chairman of the State and Good Governance Committee

काठमाडौँ — राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्याैपानेलाई बनाउने कांग्रेसले निर्णय गरेको छ ।उनी कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समिति सदस्य उनी संयुक्त समिति संसदीय सुनुवाइ समितिकाे पनि सभापति पनि हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेकाे पदाधिकारी बैठकले न्या‌ैपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हाे ।

आज दिउँसो १ बजेदेखि मनोनयन कार्यक्रम तोकिएको छ ।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो । त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए।

कान्तिपुर

Link copied successfully