भारत-चीन व्यापार सम्झौताको विरोधमा नेविसंघ

नेपालको पश्चिम सिमाना लिपुलेक पासबाट व्यापार गर्ने चीन-भारतको सहमति सदनदेखि सडकसम्म विरोध भएको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Union against India-China trade deal

काठमाडौँ — नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिले हालै सार्वजनिक भएको भारत–चीन व्यापार सम्झौताको विरोध गरेको छ । यो सम्झौता नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आघात पुर्‍याउने खालको रहेकोले तत्काल नेविसंघले तत्काल खारेज हुनुपर्ने माग गरेको छ । 

चीन र भारतले गरेको लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमतिको विरोधमा सदनदेखि सडकसम्म विरोध भइरहेको छ ।

Union against India-China trade dealनेपालको पश्चिम सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि लिपुलेक पासबाट दुई पक्षीय व्यापार गर्ने विषयमा दुवै देशले नेपाललाई जानकारीसमेत दिएका छैनन् । जबकि ६ दशक पुरानो यो विषयमा नेपालले करिब एक दशकदेखि विरोध गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully