प्रतिनिधिसभा नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने प्रावधानअनुसार सोमबार सभामुखले निर्वाचनको मिति भदौ ११ गतेका लागि घोषणा गरेका हुन् ।
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते मिति तोकिएको छ ।
सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गते बुधबारलाई मिति तोकेका हुन् ।
कुलिङ पिरियडमा हेरफेरमा दोषी भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
प्रतिनिधिसभाको नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सपभापति चयन गरिसक्नुपर्ने प्रावधानअनुसार सोमबार अन्तिम दिन हो । नियमावलीअनुसार सभापति चयन गर्नुपर्ने मिति सकिएपछि सभामुखले आज निर्वाचन मिति तोकेका हुन् ।
