विद्यालय शिक्षा विधेयकमा गरिएको पूर्ण छात्रवृत्तिको प्रावधान र निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक हुनुपर्ने लगायतका प्रावधान हटाउनुपर्ने माग
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिबाट बहुमतले पारित विद्यालय शिक्षा विधेयकका सम्बन्धमा निजी विद्यालय सञ्चालकहरूका संगठनले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई चार बुँदे अनुरोपत्र बुझाएका छन् ।
प्याब्सन, हिसान, एनप्याब्सन, अपेनका पदाधिकारीले हस्ताक्षर गरेको पत्र प्याब्सनका पूर्वअध्यक्ष डीके ढुंगानाले सभामुख घिमिरे र अध्यक्ष दाहाललाई आइतबार सिंहदरबारमा भेटेर विद्यालय शिक्षा विधेयक सम्बन्धमा चार बुँदे अनुरोधपत्र बुझाएका हुन् ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानमा असन्तुष्टिका बुँदासहितको अनुरोधपत्र यी चार संगठनले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई बुझाएका हुन् ।
