नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै शेषनागको कथा दन्तकथा भएको टिप्पणी गरेका छन्।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्तकथा भइसकेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरे । शेषनागले पृथ्वी बोकेको कुरा दन्तकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए । उनले विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने अर्को पुष्टि गरिसकेको बताए ।
उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्तकथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन ।’
पृथ्वी कसैले छोड्दैमा नढल्ने उनको टिप्पणी छ ।
