असारदेखि बेपत्ता शिक्षक कुँवर अझै सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

सीसीटीभी फुटेजमा उनी कुरिनटार क्षेत्र हुँदै चितवनतिर पैदल जाँदै गरेको देखिएका थिए ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Teacher Kunwar, who has been missing since June, is still without contact, and the family is asking for help in the search

काठमाडौँ — असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् ।

५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग काठमाडौंको अनामनगरमा बस्दै आएका  थिए । 'असार १७ गते मर्निङवाकका लागि निस्कभएका बुवा अझै सम्पर्कमा आउनुभएको छैन,' उनले भने, 'सोही दिन बेलुकाको सीसीटीभी फुटेजमा कुरिनटार क्षेत्र हुँदै चितवनतिर पैदल जाँदै गरेको देखिनुभएको थियो ।' 

कुँवरका परिवारले उनको खोजीका लागि आग्रह गरेका छन् । 'बुबालाई कसैले देखेमा नजिकको प्रहरीलाई वा हामीलाई सम्पर्क गरिदिनुहोला,' छोरा युवराजले भने ।

कान्तिपुर

Link copied successfully