स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन क्रियाशील छु : मन्त्री पौडेल

'लिपुलेक र लिम्पियाधुरा नेपालका अभिन्न भूभाग हो'

भाद्र ६, २०८२

मोहन पनेरु

I am working to organize the health sector: Minister Paudel

What you should know

डोटी — नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम जनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपालको संवैधानिक व्यवस्थाअनुसार नेपालका स्वास्थ्य संस्थाहरू जनशक्ति र उपकरणको आधारमा पूर्ण नभएको स्वीकार गर्दै भएको स्रोत साधनको भरपूर प्रयोग गरी सेवा प्रवाह गरिरहेको बताए ।

स्वास्थ्य सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए । सरकारले लागू गरेको बिमा प्रणालीको पूर्ण भुक्तानी हुन नसकेको गुनासो धेरै ठाउँ सुनिने गरेको यो वास्तविक रहेको भन्दै सरकारले स्वास्थ्य सेवालाई निःशुल्क प्रवाह गर्न योगदानमा आधारित बिमा प्रणाली लागू गर्न आवश्यक रहेको समेत बताए । 

योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सकिए अस्पतालले समयमै भुक्तानी पाउने र नागरिकले बिमाबापतको सुविधा उपभोग गर्न पाउने कुरामा मन्त्री पौडेलले जोड दिएका थिए ।

स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीको बारेमा जानकारी गराउँदै मन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू स्वस्थ अवस्थामा रहुन्जेल विदेशमा काम गर्ने अनि बिरामी हुँदा उपचार नेपाल सरकारले गर्नुपर्ने बाध्यता छ त्यसको अन्त्यका लागि श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने प्रस्ताव अगाडि बढाइने समेत बताए ।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले नेपाल भारत सीमामा रहेका लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएकोले यस विवादलाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने बताएका थिए ।

सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री पौडेलले आज डोटीको पुर्विचौकी गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पतालको उद्घाटन गरेका छन् ।

मोहन

Link copied successfully