चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन्। सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन्।
चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ।
'प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ। सामान्य ज्वरो आएको थियो। त्यो पनि अहिले ठीक भइसकेको छ, तैपनि चिकित्सकको सल्लाहअनुसार केही दिन आराम गर्नुहुन्छ,' सचिवालयले भन्यो।