राउटे समुदायका ज्येष्ठ सदस्य नन्दाराम शाहीको निधन

फिरन्ते जीवनयापन गर्दै आएका राउटेहरू हाल झुप्रा खोला जंगलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ रहेको छ ।

भाद्र ५, २०८२

ज्योति कटुवाल

Death of Nandaram Shahi, senior member of Raute community

सुर्खेत — राउटे समुदायका ज्येष्ठ सदस्य ७५ वर्षीय नन्दाराम शाहीको हृदयघातका कारण निधन भएको छ । केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाइँ सरेर लेकबेंसी नगरपालिका-१० झुप्राखोला बसोबास गरिरहेका शाहीको बिहीबार बिहान ९:३०बजे निधन भएको राउटे समुदायमा कार्यरत लालबहादुर खत्रीले जानकारी दिए ।

फिरन्ते जीवनयापन गर्दै आएका राउटेहरू हाल झुप्रा खोला जंगलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ रहेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully