कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Congress Parliamentary Party Working Committee meeting continues

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो।

बैठकमा पार्टी सभापति एवम् संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन्। 

 उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully