कांग्रेस-एमाले उपसभामुखविरुद्ध लागेपछि आन्तरिक छलफलमा रास्वपा

उपसभामुखविरुद्ध पदअनुकुल आचरण नगरेको प्रस्ताव ल्याउन सत्तारुण दलहरूले हस्ताक्षर संकलन गरिरहेको अवस्थामा रास्वपाले संसदीय दलमा छलफल गर्ने भएको हो

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

After Congress-UML went against the Deputy Speaker, RSVP in internal discussion

काठमाडौँ — सत्तारुढ दलहरू कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि आफ्ना सांसदका हस्ताक्षर संकलन अभियान चलाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफलका लागि सांसदहरूलाई बोलाएको छ । 

सत्तारुढ दलहरू कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि आफ्ना सांसदका हस्ताक्षर संकलन अभियान चलाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफलका लागि सांसदहरूलाई बोलाएको छ । 

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएकाले रास्वपाले सबै सांसदहरूलाई नयाँ बानेश्वरस्थित दलको कार्यालयमा छलफलका लागि बोलाएको हो । १२ बजे सबै सांसदहरूलाई नयाँ बानेश्वर पुगिसक्न भनिएका रास्वपाका नेताहरूले जानकारी दिएका छन् । 

उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन् । उनलाई तत्कालीन माओवादी, एमाले, रास्वपा र राप्रपालगायतका दलको गठबन्धनले उपसभामुख बनाएको थियो । 

रास्वपाले उपसभामुख रानाविरुद्ध कांग्रेस र एमालेले पदअनुकुल आचरण नगरेको प्रस्ताव संसद्मा ल्याउने तयारी गरिरहेका बेला संसदीय दलमा छलफल गरेर रणनीति बनाउन लागेको हो । भिजिट भिसा प्रकरणमा संसद् बहिष्कार गर्दै आएको विषयबारे पनि छलफल हुने रास्वपाका नेताहरूले बताएका छन् ।

रास्वपा सांसद सोबिता गौतमले भनिन्, 'भिजिट भिसा प्रकरण आएसँगै प्रतिनिधिसभा बैठक बस्नुअघि संसदीय दलको बैठक बस्ने गरेको थियो । आज नयाँ विषय पनि आएकाले सांसदहरूलाई छलफलमा बोलाइएको छ । १२ बजे बस्ने बैठकमा यो विषयमा राम्रैसँग छलफल हुन्छ ।'

त्यस्तै, विद्यालय शिक्षा विधेयक लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।  

कान्तिपुर

Link copied successfully