अहिले युवाहरूको समय हो । कतिले भन्लान् खै युवालाई छोडेको, म त छोड्न तयार छु तर कुनै युवा नै तयार छैनन् : ओली
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पद छाड्न तयार भए पनि कुनै युवा तयार नभएको बताएका छन् । मंगलबार नाडा अटो शो-२०२५ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
'अहिले युवाहरूको समय हो । कतिले भन्लान् खै युवालाई छोडेको, म त छोड्न तयार छु तर कुनै युवा नै तयार छैनन्,' ओलीले भने । अहिले असन्तुष्टि हुनका लागि कुनै ठाउँ नरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । ' असन्तुष्टि हुने ठाउँ छैन, कसम खाएर नै असन्तुष्टि हुन्छ भने के भन्नु छ र, हाम्रो नीतिहरू स्थिर छ, 'उनले भने ।
मौद्रिक नीतिलगायत सरकारले आफ्ना नीतिगत व्यवस्थामा अपनाइएको तरिकाले सबै क्षेत्रलाई पुग्ने किसिमको रहेको उनले बताए ।
सरकारले पूर्वाधार बनाउनु पर्ने भन्दै हुलाकी राजमार्ग डबल लेनमा विकास गरिररहेको उनले सुनाए । स्कुल पढ्ने विद्यार्थीले आफैं बाइक बनाएर कुद्ने गरेको ओलीको भनाइ छ । आजको रोबोटिक क्रियाकलापपछि प्रारम्भिक लाग्ने भन्दै भविष्यमा धेरै अघि बढ्ने उनले बताए ।
