मानव बेचबिखन मुद्दामा रेड नोटिसमा फरार अभियुक्त यूएईमा पक्राउ

सोमबार उनलाई नेपाल फिर्ता ल्याई सम्बन्धित मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Absconding accused on red notice in human trafficking case arrested in UAE

काठमाडौँ — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएका फरार प्रतिवादी कलबहादुर बस्नेतलाई नेपाल ल्याइएको छ ।

रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका बस्नेतलाई अबुधाबी (यूएई)को समन्वयमा यूएईमा पक्राउ गरिएको थियो । सोमबार उनलाई नेपाल फिर्ता ल्याई सम्बन्धित मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


एक महिलालाई युरोप लैजाने भन्दै उनले पैसा लिगेको आरोप थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा संलग्न रहेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । इन्टरपोल महासचिवालयले २०८१ पुस ११ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बस्नेतलाई आवश्यक कानुनी कारबाहीका मानव बेचबिखन ब्युरोमार्फत अघि बढाइएको छ । 

कान्तिपुर

Link copied successfully