उनले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र प्राकृतिक श्रोतमाथि दुष्प्रभाव पारिरहेकोप्रति सजग हुनुपर्ने बताइन्।
What you should know
काठमाडौँ — कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताएकी छन्।
सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उनले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव परिरहेको जिकिर गरिन्। जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको उनको भनाइ छ।
आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहेको उनले बताइन्। जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमको सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु गरिरहेको भएपनि पर्याप्त नभएको उनले बताइन्।
‘२१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि पर्ने दुष्प्रभाव सम्पूर्ण मानव जातिको अस्तित्वका लागि ठूलो चुनौतीको विषय हो । आजको विश्वमा हामी सबैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगि नै रहेका छौँ,' उनले भनिन्।
उनले जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु पनि गर्दै आएका पनि त्यो पर्याप्त नभएको बताइन्।
'नेपाल लगायत हिन्दुकुष हिमालय क्षेत्रका मुलुकहरुमा जलवायु परिवर्तनका जोखिमहरु गम्भीर रुपमा देखा परिरहेको कुरा सर्वविदितै छ । फलस्वरुप यस क्षेत्रको जैविक विविधता संकटमा परिरहेको छ । यस क्षेत्रमा प्राकृतिक प्रकोपका घटना तिब्र गतिले बढिरहेका छन् । हिन्दुकुष हिमालयमा पर्ने सबै मुलुकहरुले जलवायु परिवर्तन यस क्षेत्रका जैविक विविधतामा आइरहेका ह्रास, वायु प्रदुषण लगायतका मानव सिर्जित चुनौतिबाट यो क्षेत्र र समुच्च पृथ्वीलाई बचाउने कार्यमा आफ्नो क्षेत्रबाट विशिष्ट किसिमको योगदान गर्नुपर्ने भएको छ,' उनले भनिन्।
