इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्था सूचीकृत

इजरायलमा केयरगिभरको रोजगारी खोज्ने नेपालीले अब सूचीकृत अस्पतालबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने छ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Four health institutions listed to conduct health checks on workers traveling to Israel

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लाग इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ। मन्त्रालयका अनुसार उच्च अदालत पाटनको परमादेश र विशेषज्ञ समितिको सिफारिसका आधारमा सो निर्णय गरिएको हो।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ललितपुर सानेपास्थित स्टार हस्पिटल, काठमाडौं मण्डिखाटारको ह्याम्स अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र सिनामंगलमा रहेको किस्टल डायग्नोस्टिक प्रालिलाई स्वास्थ्य परीक्षणका लागि सूचीकृत गरेको जनकारी दिएको छ । 

ललितपुरको भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी हस्पिटललाई पनि सूचीकृत गर्न परमादेश जारी भएपनि हाललाई भने सो अस्पतालको सूचीकरण प्रक्रिया स्थगन गरिएको सूचनामा उल्लेख छ ।

इजरायलमा केयरगिभर लगायत अन्य क्षेत्रमा रोजगारीका लागि जाने नेपालीले अब तोकिएका स्वास्थ्य संस्थाबाट आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्ने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully