भारतीय विदेश सचिव मिश्रीसँग आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले नेपालबाट विद्युत् निर्यातलगायतका सम्झौता कार्यान्वनयमा गएकोमा खुसी व्यक्त गरेका हुन् ।
काठमाडौँ — पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको रुपमा आफू भारत भ्रमणका बेला भएका सहमति, सम्झौता कार्यान्वयन अघि बढेकोमा खुसी व्यक्ति गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीसँग आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले नेपालबाट विद्युत् निर्यातलगायतका सम्झौता कार्यान्वनयमा गएकोमा खुसी व्यक्त गरेका हुन् ।
भेटवार्तामा सहभागी दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले दुई देशबीच आपसी छलफल र सहकार्यले आपसी हित हुने कुराकानी भएको बताए ।
‘नेपाल भारत सम्बन्ध सदियौँदेखि रही आएको छ । दुई पक्षबीच छलफल गरेर आपसी हितका कुरा गर्न सकिन्छ भन्ने कुराकानी भयो,’ उनले भने, ‘अध्यक्ष प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा भएका सम्झौता/सहमतिहरु कार्यान्वयनमा गएकोमा अध्यक्षले खुसी व्यक्ति गर्नुभयो । उहाँले बाँकी सहमतिहरु पनि कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यसबेला विद्युत निर्यातबारे भएको सहमति कार्यान्वयन भएको छ । यो राम्रो भयो ।’
मिश्रीले शिष्टाचार भेटको रुपमा दाहाल निवास गएर भेटघाट गरेका थिए ।
