न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै बारले छलफलमा बोलायो न्याय परिषद्का दुई सदस्य

बारले न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै, परिषद्‌का सदस्यहरूसँग परामर्श बैठकमा न्यायाधीश नियुक्तिको प्रक्रिया र मापदण्डमा छलफल गर्ने योजना बनाएको छ।

भाद्र १, २०८२

दुर्गा दुलाल

Expressing dissatisfaction with the appointment of judges, the bar called two members of the judicial council for a discussion

What you should know

काठमाडौँ — उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिमा नेपाल बार एशोसियसनको प्रतिनिधित्व गर्न नसकेको भन्दै न्याय परिषदका दुई सदस्यलाई छलफलमा बोलाएको छ ।

शुक्रबार र शनिबार बसेको नेपाल बारको केन्द्रीय कार्यकारी समितिको बैठकको निर्णय अनुसार नेपाल बार र प्रधानमन्त्रीका तर्फबाट सिफारिस भइ नियुक्त भएका दुई सदस्यलाई बोलाइएको बारका महासचिव केदार कोइरालाले बताए ।

‘केन्द्रीय कार्यकारी समितिको बैठकको निर्णय नम्बर सातमा न्यायाधीश नियुक्ति सम्बन्धमा नेपाल बारका तर्फबाट र प्रधानमन्त्रीका तर्फबाट नियुक्त न्याय परिषद् सदस्यसँगको परामर्श बैठक बोलाउने निर्णय गरेको थियो’, महासचिव कोइरालाले भने, ‘उहाँहरूसँग परामर्श गरी बारको आधिकारिक धारणालाई बलियो बनाउनुपर्ने भएकाले डाकिएको हो ।’ 

परिषद्‌मा बारका तर्फवाट दामोदर खड्का छन् भने प्रधानमन्त्रीको सिफारिसमा महेश नेपाल छन् । उनीहरु दुबै बारका सदस्य र वरिष्ठ अधिवक्ता हुन् ।

‘न्यायाधीश नियुक्तिको मापदण्ड र प्रक्रिया सम्बन्धमा छलफल गर्न यही भदौ १ गते न्याय परिषद्‌मा नेपाल बारको सिफारिसमा नियुक्त हुनुभएका परिषद् सदस्य वरिष्ठ अधिवक्ता दामोदर खड्का र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुनुभएका वरिष्ठ अधिवक्ता महेश नेपालसँग संयुक्त परामर्श बैठक आयोजना गर्ने,’ निर्णयमा भनिएको छ, ‘सो बैठकका लागि आवश्यक एजेन्डा तयार गर्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिने ।’

साउन २२ गते न्याय परिषद्‌ले रिक्त उच्च अदालतमा २७ न्यायाधीश सिफारिस गरेको थियो । परिषद्ले गरेको सिफारिसमा १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र न्याय तथा कानुन सेवा र सरकारी वकिलबाट पाँच जनाको नाम सिफारिस गरेको थियो । बारले पचास प्रतिशत  न्यायाधीश पाउनुपर्ने माग गरेको थियो । 

न्यायाधीश नियुक्तिमा असन्तुष्ट भएको बारले केही दिनअघि बार काउन्सिलको कार्यक्रममा ३२ वर्षको परम्परा तोड्दै प्रधानन्यायाधीशलाई नबोलाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाएको थियो । बारको दुई दिनको बैठकमा न्याय परिषद्‌मा पुगेका दुई सदस्यले प्रयाप्त भूमिका नखेलेको भनि आलोचना भएपछि  छलफल गर्न लागेको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully