मगर संघको अध्यक्षमा रानामगर सर्वसम्मत

संघको तेस्रो राष्ट्रिय महाधिवेशनले रानामगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक अमरसिंह पुनले जानकारी दिए।

श्रावण ३१, २०८२

कान्तिपुर संवाददाता

Ranamgar Unanimous in President of Magar Sangh

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन्।

शुक्रबार र शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भएको संघको तेस्रो राष्ट्रिय महाधिवेशनले रानामगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक अमरसिंह पुनले जानकारी दिए।

संघको उसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार बाँठामगर चयन भएका छन् भने महामन्त्रीमा रामबहादुर थापामगर चयन भएका छन्।

त्यस्तै, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन र सरिता रानामगर चयन भएका छन्। संघको कोषाध्यक्षमा गायत्री रानामगर चयन भएकी छन्।

खुला सदस्यमा बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमार बुढा, गोपाल रानामगर, नारायण जीएम चयन भएका छन्। महाधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। 

Ranamgar Unanimous in President of Magar Sangh

कान्तिपुर

Link copied successfully