काउन्सिलले आचारसंहिता अनुगमन गर्न २०८२ पुस मसान्तसम्मका लागि ५ जना मिडिया अनुगमनकर्ताको माग गरेको छ।
काठमाडौँ — प्रेस काउन्सिल नेपालले मिडिया अनुगकमकर्ताको लागि आवेदन दिन आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै काउन्सिलले करारमा मिडिया अनुगमनकर्ताका लागि आवेदन दिन आह्वान गरेको हो ।
काउन्सिलले आचारसंहिता अनुगमनका लागि २०८२ पुस मसान्तसम्मका लागि ५ जना मिडिया अनुगमनकर्ताको माग गरेको छ । १२ कक्षा उत्तीर्ण गरेका जुनकुनै व्यक्तिले यो पदमा दरखास्त दिन सक्नेछन् ।
आवेदकको शैक्षिक योग्यता, अनुभवको आधारमा काउन्सिलले सर्टलिस्ट गर्नेछ । सर्टलिस्ट भएका आवेदकहरको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको माध्यमबाट छनोट गर्ने काउन्सिलले जनाएको छ ।
सूचनाअनुसार इच्छुक आवेदकले भदो १३ गते कार्यालय समय ३ बजेसम्म आवेदन दिन पाउनेछन् ।
