रञ्जिताले संसदीय दलका नेता गंगारामलाई गरिन् कारबाही

संसदीय दलको नेता र पार्टी केन्द्रीय पदाधिकारी सदस्यबाट गंगाराम चौधरीलाई हटाइएको अध्यक्ष श्रेष्ठले बताएकी छन् ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Ranjitha took action against the leader of the parliamentary party, Gangaram

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभामा संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरेकी छन् । 

संसदीय दलको नेता र पार्टी केन्द्रीय पदाधिकारी सदस्यबाट गंगाराम चौधरीलाई हटाइएको अध्यक्ष श्रेष्ठले बताएकी छन् । 

अध्यक्ष श्रेष्ठले शुक्रबार संसदीय दलका नेता गंगारामलाई कारबाही गरिएको जानकारी संघीय संसद् सचिवालयलाई पनि पठाएकी छन् ।

'पार्टीको हित विपरीत हुने गरी काम गरेको पुष्टि भएको हुँदा तपाईंलाई यस पार्टीको केन्द्रीय समिति पदाधिकारी सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत नरहने गरी कारबाही गरेको व्यहोरा जानकारी गराइन्छ,' अध्यक्ष श्रेष्ठले लेखेको पत्रमा भनिएको छ, 'अब उपरान्त पार्टीको महासचिव तथा संसदीय दलको नेताको पद उल्लेख गरी कुनै किसिमको निर्णय एवं पत्राचार नगर्न/नगराउनु हुन समेत यहाँलाई जानकारी गराइन्छ ।'

श्रेष्ठले यसअघि गंगाराम चौधरीलाई दुई पटक स्पष्टिकरण सोधेकी थिइन् । ती स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै श्रेष्ठले कारबाही गरेकी हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully